काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ऐतिहासिक अछाम दरबार अझै पुनर्निर्माण अधुरै

25.08K
shares

तत्कालीन विद्रोही नेकपा माओवादीले बि.सं. २०५८ साल फागुन ४ गते शुक्रबार राती अछाम सदरमुकाम मंगलसेनमा गरेको आक्रमणका क्रममा ध्वस्त भएका भौतिक संरचनाहरुको पुनःनिर्माणको काम अझै पुरा हुन सकेको छैन । आक्रमणमा ध्वस्त भएको अछाम दरबार समेत अधुरै रहेको छ ।

अछामको ऐतिहासिक पुरातात्विक महत्वको अछाम दरबारको पुनःनिर्माण अझै पुरा नहुँदा स्थानीय निराश छन् । जिल्लाकै ऐतिहासिक सम्पदाको रुपमा रहेको अछामको चिनारी यो दरबारको निर्माण कार्य कहिले पुरा होला ? भन्ने चिन्ता स्थानीयमा छ । २०६७ सालमै निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माण सुरु भएको अछाम दरबार निर्माणको काम अझै केही बर्ष पुरा हुँने छाँट छैन ।

तत्कालीन विद्रोही नेकपा माओवादीले अछाम सदरमुकाम मंगलसेन र प्रमुख व्यापारीक केन्द्र साँफेबगर आक्रमण गरी ध्वस्त पारेको १६ वर्ष पुरा भई १७ बर्ष हुनै लाग्दा समेत जिल्लाको पुनःनिर्माणले पूर्णता पाएको छैन । आक्रमणमा तत्कालिन प्रमुख जिल्ला अधिकारी, अनुसन्धान अधिकृत र उनकी श्रीमती तथा नेपाल प्रहरी एव्म नेपाली सेनाका जवान तथा अधिकृतहरु र सर्वसाधारण सहित सैयौँले ज्यान गुमाउएका थिए ।

दर्जनौ सरकारी कार्यालय ध्वस्त भए संगै अरबौँंको सरकारी सम्पत्ति त्यसक्रममा क्षति भएको थियो । अछाम आक्रमणमा ध्वस्त भएका र केही अन्य गरी २२ भवन निर्माण कार्य थालिएकोमा हाल १८ ओटा कार्यालयका भवन निर्माणको काम पूरा भैसकेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय डोटीले जनाएको छ ।

मुख्य गरी ऐतिहासिक अछाम दरबार निर्माणमा समस्या देखिएको पाईएको छ । काठको अभाव लगायत समस्या देखाउदै निर्माण कम्पनिले दरबार निर्माणको काम अगाडी नबढाएको बताईएको छ । यद्यपी स्थानीय भने यसमा निर्माण व्यवसायीको चरम लापरवाही रहेको बताउँछन् ।

अछामका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले दरबर निर्माणमा भएको लापरवाही प्रति प्रशासन कडा बन्ने बताए । दरबारको निर्माण कार्यलाई गति दिन प्रशासनले निर्माण कम्पनिलाई आग्रह गरिसकेको बताउँदै उनले समयमै निर्माण सम्पन्न नगरे निर्माणमा संलग्न निर्माण कम्पनि कारवाहीको दायरामा आउने बताए ।

दरबार निर्माणको जिम्मा पाएको साउँद निर्माण सेवाले निर्माण सम्पन्न गरिसक्नु पर्ने म्याद गत जेठमा नै सकिएको छ । अब तत्काल  दरबारको पुनःनिर्माण सम्पन्न हुने सम्भावना लगभग समाप्त भैसकेकाले निर्माण कम्पिनलाई नियमानुसार अझै थप समय दिनुपर्ने प्रजिअ आचार्यले बताए । यसका अलवा निर्माणमा ढिला सुस्ति गर्ने अन्य बिकास निर्माणका काममा संलग्न निर्माण व्यवसायीको सुचि मन्त्रालयमा पठाईएको उनले बताए ।

निर्माण व्यवसायी (साउँद निर्माण सेवा) जयबहादुर साउँदले आगामि फागुन भित्र दरबार निर्माणको काम पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले त्यतिञ्जेल काम पुरा नभए आफु कारबाही भोग्न समेत तयार रहेको बताए ।

यस्तै अछाम उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढुंगाना यहाँका जनप्रतिनिधि, सरकारका कर्मचारी र ठेकेदारको चरम लापर्वाहीका करण दरबर निर्माण हुन नसकेको बताउँछन् । बिशेष गरि पुुनःनिर्माणको जिम्मा अहिलेका निर्वाचित जनप्रतिनिधिहरुले लिनु पर्ने उहाँको भनाई छ ।

पुरानो ध्वस्त र नयाँ निर्माणको नारा सहित ध्वस्त गराएका संरचना निर्माणमा तत्कालिन माओबादीले चासो नदिएको स्थानीय व्यापारि खेमराज ढुंगानाको बुझाई छ । माओबादी पटक–पटक सरकारको नेतृत्वमा पुग्दा पनि उसले अछाममा ध्वस्त भएका संरचना निर्माणमा खासै चाँसो नदिएको उनको आरोप छ । त्यस्तै नेपाली कंग्रेसका महाधिबेशन प्रतिनिधि प्रेम बुढाले उक्त घटनाबाट भएको क्षतीको कुनै लेखा जोखा नरहेको बताए । उनले आक्रमणमा ध्वस्त भएका संरचना सबै मिलेर निर्माण गर्नु पर्नेमा जोड दिए ।