गृहपृष्ठ करको विरोधमा जनकपुरमा नेपाली कांग्रेसको धर्ना

करको विरोधमा जनकपुरमा नेपाली कांग्रेसको धर्ना

करको विरोधमा जनकपुरमा नेपाली कांग्रेसको धर्ना

 

जनकपुरधाम उपमहानगरपालिकाले विभिन्न शीर्षकमा लगाएको करको विरोध गर्दै आएका नेपाली कांग्रेस धनुषाले बिहीबार धर्ना दिँदै विरोध गरेको छ । जनकपुर उपमहानगरपालिकामा साइकलदेखि घरवहालमासमेत करको दायरा फराकिलो गरेको भन्दै कांग्रेस धनुषाल नगर कमिटीले निरन्तर विरोध गर्दै आएको छ ।

उपमहानगरपालिकाको २५ वटै वाडा कार्यालयमा बिहान १० बजेदेखि धर्नामा बसेको कांग्रेसका युवा नेता जीवनाथ चौधरीले जानकारी दिए । नेता चौधरीका अनुसार उपमहानगरपालिकाले सर्वसाधारण जनताको ढाड सेक्ने गरि आफुखुशी कर बढाएकाले कांग्रेस धनुषा आन्दोलित भएको हो ।

धर्ना शुक्रबारसमेत जारी रहने उनले बताए । उनका अनुसार जनकपुरधाम उपमहानगरपालिकाले लगाएको करको दायरा नघटाए चरणबद्ध विरोधको कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई थियो ।

प्रकाशित समय : २१:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु