काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन– दोब्बर काम गर्नुस्

7.96K
shares

प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीलाई अहिलेको भन्दा दोब्बर काम गर्न निर्देशन दिएका छन् ।

पन्ध्रौं निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि अहिलेको भन्दा दोब्बर काम गरेर जनतालाई सेवा दिन निर्देशन दिएका हुन् । ‘दुई हप्तामा गर्ने काम एक सातामा गर्न सकिन्छ । कर्मचारी संख्या पनि पर्याप्त छ,’ सिंहदरबारमा आयोजित कार्यक्रममा ओलीले भने, ‘ढिलासुस्ती र अनियमितताको गुनासो सुन्नु नपरोस् । अब हामीले सुशासन दिनैपर्छ ।’

लोकतन्त्रका नाममा सरकारी तलब लिएर काम नगर्ने, उपयुक्त ढंगले खटाएका ठाउँमा नजाने र विरोध हड्ताल गर्ने संस्कार अन्त्य गर्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरे । संघ, प्रदेश र स्थानीय सरकारको नयाँ प्रणाली लागू भएकाले अधिकारको व्यवस्थापन र कार्यान्वयनका सन्दर्भमा केही अन्योल र समस्या भए पनि सरकारले त्यसलाई क्रमशः मिलाउने उनको भनाइ छ ।

स्वच्छ, दक्ष, प्रभावकारी र नतिजामुखी प्रशासन र सेवाका लागि नयाँ निजामती कानुन ल्याइने उनले बताए । प्रधानमन्त्री ओलीले कर्मचारीको सुरक्षा, वृत्ति विकास, जायज मागको सुनुवाइका लागि माथिल्लोदेखि तल्लो तहसम्मका कर्मचारीका लागि उक्त कानुनले काम गर्ने उल्लेख गरे । उनले आधिकारिक ट्रेड युनियन कानुनी हैसियतको संस्था भएको र यसको उद्गम संस्था ट्रेड युनियन संगठन यथावत् रहने स्पष्ट पारे ।

कार्यक्रममा सघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय निजामती सेवा ऐन प्रतिनिधिसभामा पेस गर्न मन्त्रिपरिषदमा विचाराधीन रहेको जानकारी दिए । तीन तहका सरकारबीचको व्यवस्थापनका क्रममा जस्तोसुकै कठिन काम पनि हाँसीखुसी गर्न राष्ट्रसेवकलाई उनले आग्रह गरे ।