काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

स्टार मलमा ‘ए टु जेड’ अनलाइन बजारको नयाँ शाखा

6.59K
shares

पुतलीसडकस्थित स्टार मलमा ‘ए टु जेड’ अनलाइन बजारको नयाँ शाखा सञ्चालनमा आएको छ । न्युरोडमा ताम्राकार कम्प्लेक्समा मुख्य शाखा रहेको ‘ए टु जेड’ को नयाँ शाखा पुतलीसडकमा खोलिएको हो ।

ग्राहकको चाहना र सुविधालाई मध्यनजर गरी स्टार मलको ग्राउन्ड फ्लोरमा शाखा खोलिएको ‘ए टु जेड’ ले जनाएको छ । ‘ए टु जेड’बाट मोबाइल, ल्यापटप, टेलिभिजनजस्ता इलेक्ट्रोनिक सामग्री खरिद गर्न सकिन्छ ।

atoz-newskarobar

आधुनिक प्रविधिसँग रमाउने ग्राहकका साथै घरायसी इलेक्ट्रोनिक्स सामानमा रुचि भएका व्यक्तिले अनलाइनबाटै सामान खरिद गर्न सक्ने ‘ए टु जेड’का अध्यक्ष विकास भण्डारीले जानकारी दिए । अनलाइन बजारले विभिन्न बैंकको सहकार्यमा मासिक किस्ताबन्दीमा पनि इलेक्ट्रोनिक सामान उपलब्ध गराउँदै आएको छ । असोज १ गतेबाट स्टार मलमा सुरु हुने मेलामा पुरानो मोबाइल तथा ल्यापटप साटेर नयाँ मोबाइल, ल्यापटप लिनसक्ने योजना रहेको ‘ए टु जेड’ले जनाएको छ ।