प्रस्तावित राजदूतहरुको सुनुवाई मंसिर २३ मा
वि.सं.२०७५ मंसिर १९ बुधवार १९:५०
shares

संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित राजदूतहरुको सुनुवाई यहि मंसिर २३ गते गर्ने भएको छ । समितिको बुधबार बसेको बैठकले प्रस्तावित राजदूतहरुलाई सुनुवाईका लागि २३ गतेका लागि बोलाएको हो ।
प्रस्तावित राजदूतहरुको सुनुवाई गर्नुअघि समितिले २१ गते उजुरीकर्तासंग छलफल गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । सरकारले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराप पाण्डे, यूएईका लागि कृष्ण ढकाल र इजरायलका लागि अन्जान शाक्यलाई सिफारिस गरेको थियो ।
























