धादिङमा सवारी दुर्घटना, एकको मृत्यु
वि.सं.२०७५ कात्तिक १२ सोमवार ०१:२५
shares

धादिङस्थित गल्छी गाउँपालिका–७ मछेडीखोला घिमिरेथुम्का सडकमा आइतबार सवारी दुर्घटना हुँदा एक जनाकोे मृत्यु भएको छ ।
सुमारा गाउँबाट पृथ्वीराजमार्गको मछेडीखोलातर्फ आउँदै गरेको बा ५ ख ३४७४ नम्बरको महेन्द्रा निशान ट्रक पछाडि हटाउने क्रममा सडकबाट ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका गाडीमा यात्रा गर्ने गल्छी– ७ का ३६ वर्षीय रामशरण तामाङको उपचारका क्रममा मृत्यु भएको छ । गाडी चालक प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । रासस ।




















