काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बिर्तामोडस्थित एनएमबी बैंक हाताबाट १७ लाख लुटपाट

6.8K
shares

झापाको बिर्तामोडस्थित एनएमबी बैंकबाट अाइतबार अपराह्न एक व्यक्तिको १७ लाख रूपैयाँ लुटिएको छ । बैंकमा रकम जम्मा गर्न आएका ताप्लेजुङ याम्फुदिन–१ का शेरबहादुर गुरुङको १६ लाख ९९ हजार लुटपाट भएको प्रहरीले जनाएको छ ।

अपराह्न झोलामा रकम लिएर बैंक आएका गुरुङ काउन्टरअगाडि जम्मा गर्न भौचर भर्दै गर्दा एक व्यक्ति झोला बोकेर भागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए । रकम लुटेर भाग्ने व्यक्तिको सिसी क्यामेरा फुटेजबाट पहिचान खुल्ने भएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)