काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

5.93K
shares

कपिलवस्तुको शिवराज नगरपालिका–१ बन्कसबासमा बञ्चरो प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

सोमबार राति ११ बजे आपसी झगडा हुँदा ४० वर्षीय वसन्त परियारले श्रीमती ३५ वर्षीया सुमित्राको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । मजदूरी गर्ने परियारले मादकपदार्थ सेवन गरी झगडा गर्दै आएका थिए । गए राति छोराछोरी सुतिसकेको समयमा बञ्चरो प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन् ।

हत्यारा फरार रहेको र खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनएको छ । परियारका दुई छोरा र एक छोरी छन् । (रासस)