काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपाल बैंकले हाकिमदेखि पियनसम्मका कर्मचारी माग्यो

11.4K
shares

नेपाल पहिलो बैंक नेपाल बैंक लिमीटेडले हाकिमदेखि पियनसम्मको लागि कर्मचारीको माग गर्दै विज्ञापन खोलेको छ । संघीय संरचनामा बैंकलाई लैजान विभिन्न शाखा कार्यलयहरुको लागि हाकिमदेखि पियनसम्मको दरखास्त माग गरेको छ ।

बैंकले प्रकाशित गरेको विज्ञापन अनुसार यही कात्तिक १६ देखि मंसिर ६ गतेसम्म दरखास्त फारम भरिसक्नु पर्नेछ । बैंकले सहायक प्रबन्धकदेखि कनिष्ठ सहायक गरी झण्डै ४ सयको हाराहारीमा दरखास्त मागेको छ ।

लोकसेवा आयोगको सहमति अनुसार बैंकको २०७५÷७६ को स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेका पदहरुमा खूला प्रतियोगिता गरी स्थायी पदपूर्ति गर्न दरखास्त फारम भर्न आह्वान गरेको छ ।