काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पाकिस्तानमा मौलाना समी उल हकको हत्या

6.98K
shares

मुस्लिम धर्मगुरु मौलाना समी उल हकको शुक्रबार पाकिस्तानमा हत्या भएको छ । भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डियाले जनाए अनुसार उल हकलाई रावलपिन्डीस्थित उनकै निवासमा अज्ञात समूहले हत्या गरेका हुन् । चक्कु प्रहार गरी उनको हत्या भएको समाचारमा जनाइएको छ ।

उल हकका छोरा मौलाना हमीदुल्लाहका अनुसार कोठामा आराम गरिरहेको समयमा उनको हत्या गरिएको हो । उनका गार्ड बजार गएको मौका छोपी आक्रमणकारीले उनीमाथि हमला गरेका थिए ।

कतिपयका लागि तालिवानका पिता मानिने ८२ वर्षीय हक खैबर पख्तुनख्वाको अकोरा खट्टक शहरमा इस्लामी मदरसा दारुल उलुम हक्कानियाको प्रमुख तथा कट्टरपन्थी राजनीतिक पार्टीका अध्यक्ष थिए ।