काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ढलको पानीले मन्त्री क्वाटर जाने बाटो डुङडुङ्ती

12.04K
shares

प्रधानमन्त्री भएलगत्तै केपी ओलीको पहिलो घोषणा थियो, ‘खाल्डाखुल्डीमा परेर अब कसैले ज्यान गुमाउनुपर्ने छैन । सडक चिल्ला हुनेछन्, खाल्डा पुरिनेछन् ।’ त्यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाले गएको साउनमा महीना दिनभित्र उपत्यका सडकका सबै खाडल पुर्न निर्देशन दिएका थिए । निर्देशन र भाषण जति दिए पनि न त देउवाले सडकको खाल्डा खुल्डी पुर्न सके न त ओलीले नै ।

dhal3-newskarobar

सडकका धराप खाल्डा पुर्ने सरकारी निकायको बेवास्ताले सडकका खाल्डामा परेर ज्यान गुमाउने क्रम भने रोकिएको छैन । गएको शनिबार कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालयको गेट अगाडि रहेको खुल्ला मंंगलमा परी एक जनाको ज्यान गयो ।

तर पनि खाल्डामा परेर घाइते हुने तथा मृत्यू हुने नियमित आकस्मिकतालाई निवारण गर्न भने कसैले चासो दिएको देखिँदैन । उपत्यकाका अधिकांश ढलको मंगलमा ढक्कन नहुँदा यात्रुको ज्यानै जाँदा पनि सम्बन्धित निकायले ढक्कन लगाएका छैनन् । जसका कारण पैदलयात्री मोटरसाइकल तथा साइकलयात्री जोखिममा छन् ।

dhal2-newskarobar

उपत्यकाका ३ वटै जिल्लाका विभिन्न ठांउँमा ढलको मंगलमा ढक्कन लगाइएको छैन । मंगल लगाइएका ठाउँमा पनि पानी चुहिएर शहर दुर्गन्धित बनेको छ । सडकमा बगेको ढलका कारण दुर्गन्ध फैलिएपछि यात्रुहरु नाक छोपेर गन्तव्यतर्फ गईरहेका देखिन्छन् । यति हुँदा पनि काठमाडौं, ललितपुर महानगरपालिकाका जनप्रतिनिधिलाई नै आफ्ना नागरिकको सुरक्षामा वास्ता नभएको स्थानीयको गुनासो छ ।

यस्तै लापरबाही ललितपुरको पुल्चोक चुनदेवी मन्दिर क्षेत्रमा पनि देखिएको छ । त्यहाँ वरिपरिको ढलबाट पानी चुहिएर कुपण्डोल मूल सडकमै ढल बगेको छ । ढलको डुङडुङ्ती गन्हाउने पानी बगेर हरिहर भवनस्थित मन्त्री क्वाटर नजिकसम्म आइपुगेको छ । पैदलयात्रु नाक छोपेर हिड्न बाध्य छन् । मन्त्री क्वाटर जाने पैदलयात्रुलेसमेत नाक खुम्च्याउँदै जानुपर्ने अवस्था छ ।

ढलको मंगलमा राखिएको ढकनी खुला भएकाले दुर्घटना हुने जोखिम पनि उत्तिकै छ । ढक्कन भएका कतिपय मंगलहरुमासमेत आधा मात्र छोपिएको छ । त्यहा पनि दुर्घटना हुने जोखिम त छँदै छ, वरपर पनि दुर्गन्ध फैलिएको छ ।

dhal1-newskarobar

ढल पुर्न सिंहदरबारको आदेश पाउनुपर्ने
सिंहदरबारको सम्पूर्ण अधिकार अझै नगरपालिकामा नआएकाले आफूहरुले काम गर्न नसकेको भन्दै जनप्रतिनिधिहरु पन्छन्छन् । ढल छोप्ने जस्ता समान्य विषयमासमेत केन्द्रको आदेश कुर्नुपर्ने जवाफ दिन्छन् उनीहरु ।

सामान्य प्रशासन मन्त्रालयको स्पष्ट नीति निर्देशन नदिएकोले काम गर्न अफ्ठेरो परेको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन बताउँछन् । ‘कानुन बन्न बाँकी छन्, पर्याप्त कर्मचारी छैनन्, यसैले सोचे अनुसार काम हुन सकेको छैन,’ जवाफदेहीता र जिम्मेवारीबाट पन्छिँदै उनले भने ।

उपत्यका खानेपानी संस्थान लिमिटेड, मेलम्ची खानेपानी आयोजनालगायतले ढल बनाएकाले उनीहरुसँग समन्वय गरेर ढलका मंगलका ढक्कन छिट्टै लगाउने महर्जनले बताए । फुटेका गन्हाउने ढल खाल्डा, धुलो, धुवाँ, ट्राफिक जाम काठमाडौं उपत्यकाका सडकको परिचय नै बदल्न आफू लागिपरेको उनले दावी गरे । महर्जन भन्छन ‘फुटेका ढल, धुलो, हिलो र खाल्डाखुल्डी सडकका कारण दुर्घटना बढेको हामीलाई थाहा छ, त्यसलाई न्यूनिकरण गर्न ति पुर्वाधार सुधारमा ध्यान दिँदै अघि बढ्ने छौं ।’