काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

हिमाल पर्यटन प्रवर्धनमा बुद्ध एयर

12.58K
shares

माउन्टेन फ्लाइटमार्फत् व्यावसायिक उडान गरेको बुद्ध एयरले स्थापनाको २१ वर्षमा लाखौं स्वदेशी तथा विदेशी यात्रुलार्इ नेपालका हिमालको अवलोकन गराएको छ । स्थापनाकालदेखि नै ‘एभरेस्ट एक्स्पेरियन्स माउन्टेन फ्लाइट’ सञ्चालन गरेको निजी क्षेत्रको सबैभन्दा ठूलो वायुसेवा कम्पनीले पर्यटन प्रवर्धनलार्इ विशेष महत्व दिँदै एभरेस्ट एक्सपेरियन्स भिडियोसमेत सार्वजनिक गरेको छ ।

पर्यटकीय सिजनको मध्य मानिने सेप्टेम्बर-अक्टुबरलाई लक्षित गरी भिडियो सार्वजनिक गरेको कम्पनीले जनाएको छ । यो भिडियोले सन् २०२० मा सरकारको पर्यटन वर्ष मनाउने लक्ष्यलाई समेत टेवा पुग्ने कम्पनीको विश्वास छ ।

नेपालमा हुने साहसिक गतिविधिमध्ये पर्यटकमाझ ‘माउन्टेन फ्लाइट’ सर्वाधिक आकर्षक र पहिलो रोजाइमा पर्छ । माउन्टेन फ्लाइट स्कुले विद्यार्थीदेखि युवा तथा वयस्क सबैले अनुभव गर्नैपर्ने पर्यटकीय गतिविधि हो । शारीरिक कठिनाइ भएकाहरुले पनि यस उडानबाट लामो शृंखलाहरु सजिलै अवलोकन गर्न पाउँछन् ।

बुद्धले बिचक्राफ्ट १९०० ‘डी’ मा १८ जना र एटिआर ४२ मा २४ जना र एटिआर ७२ मा ३६ जना यात्रु उडाउने गरेको छ । उडानका क्रममा बुद्ध एयरका फ्लाइट एटेन्डेन्टले हिमशृंखलाबारे विभिन्न जानकारी यात्रुलाई दिने गरेका छन् ।

एक घण्टा लामो माउन्टेन फ्लाइटबाट यात्रुले सगरमाथा, कञ्चनजंघा, मकालु, चाम्लाङ, अमादब्लम, ल्होत्से, नुप्त्से, पुमोरी, घ्याचुङ काङ, चोयु, कार्योलुङ, नुम्बुर, मेलुन्ग्से, गौरीशंकर, फूर्बी घ्याचु, दोर्जे लाक्पा, गोसाइथान, लाङटाङ लिरुङलगायतका हिमालको दृश्यावलोकन गर्न सक्नेछन् ।