ट्रकसँग बस ठोक्किँयो, एघार जना घाइते
वि.सं.२०७५ कात्तिक १९ सोमवार १४:५८
shares

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका नौ थुम्सिमा सोमबार बिहान ५ बजेको समयमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
नारायणगढबाट भैरहवाका लागि छुटेको लु २ ख ३७९ नम्बरको रोकिराखेको ट्रकमा काठमाडौँबाट भैरहवाका लागि छुटेको लु १ ख ८११३ नम्बरको बस ठोक्किँदा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी प्रूर्वका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।
घाइते तीन जनाको नयाँ मेडिकल कलेज, सात जनाको पुरानो मेडिकल कलेज र एक जनाको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






















