काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

क्रिकेट खेल हारेको निहुँमा निर्घात कुटपिट, ५ जना घाइते

7.29K
shares

महोत्तरी र धनुषाकाे सिमानामा पर्ने धनुषाको मिथिलानगरपालिका ९ र बर्दिवासनगरपालिका वाडा नम्बर ७ का युवाहरु घर छाडेर भागेका छन । धनुषाको मिथिलानगरपालिका वडा नम्बर ९ बेंगाडावरमा क्रिकेट खेल हारेको निहुँमा आयोजकले नै निर्घात कुटपिट गरेर ५ जना घाइते भएर अचेत भएपछि आयोजक युवाहरु नै घर छाडेर भागेका हुन् ।

धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर १ को जनकल्याण युवा क्लव बटेश्वर १ चित्रपुर टिम र महोत्तरीको रतौली युवा क्लव टिमबीच भएको खेलमा चित्रपुरले दिएको १०७ रनको लक्ष्य रतौली क्लवले १०४ रनमा अलआउट गरेपछि विजयी भएका चित्रपुर टिमले खुशीयाली मनाएको निहुँमा आयोकले नै कुटपिट गरेका हुन् । २०–२५ जनाको समूहले ब्याड, बल र बियरको बोतलले चित्रपुर टिमलाई कुटपिट गर्दा बटेश्वर गाउँपालिका वडा नम्बर १ चित्रपुर बस्ने ४५ वर्षीय विजयकुमार महतो अचेत भएका छन् ।

उनको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ, भने बटेश्वर गाउँपालिका वाडा नम्बर १ का २९ वर्षीय सत्यनारायण महतोको घुँडा र टाउकोमा गम्भीर चोट लागेको छ । २५ वर्षीय राजेश कुमार महतोेको देब्रे हात भाचिएको छ भने संजिव महतोको टाउकोमा गम्भीर चोट लागेको छ । त्यस्तै चित्रपुरकै १७ वर्षीय श्रवणकुमार महताको निधारका चोट लागेको छ । प्रहरीले कुटपपिट गर्ने युवालाई पक्राउ गर्न खोजेपछि उनीहरु घरबाटै भागेका छन् ।

उनीहरुलाई पक्राउ गर्न प्रहरीले विशेष टोली परिचालन गर्ने इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । कुटपटिमा आयोजकतर्फका गणेश मगर, विशाल चौधरी, सुमन चौधरी, विरेन्द्र साह, नितेश महतो, अनुवर मुस्लिमलगायत रतौलीका युवाहरु धिरज, कविन्द्र, राजिव, धिरेश लगायत युवाको सहभागिता रहेको बताइएको छ ।