ए डिभिजन लिग : ब्रिगेडको पहिलो जित, एपीएफलाई धक्का
वि.सं.२०७५ मंसिर ७ शुक्रवार २०:४२
shares

ए डिभिजन लिग फुटबल प्रतियोगितामा ब्रिगेड ब्वाइजले जित हात पारेको छ । शुक्रबार भएको खेलमा एपीएफलाई ३–१ गोलअन्तरले पराजित गर्दै ब्रिगेडले जित हात पारेको हो । ब्रिगेडका लागि मनोज राईले डी, काजुदीन आदुउनी, काजिम आदिबोकेले गोले गरेका हुन् ।
सुरुवाती अग्रगा भने एपीएफले लिएको थियो । एपीएफका लागी रुपबहादुर लामाले गोल गरेका हुन् । पहिलो जित हात पारेको ब्रिगेडले तीन अंक जोडेको छ । यसअघि बिग्रेड पहिलो खेलमा मनाङ मस्याङ्दी र दोस्रो खेलमा थ्री स्टार क्लबसँग पराजित भएको थियो ।






















