global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल–युएईबीच टी–२० सिरिजको दोस्रो खेल आज, सिरिज जोगाउन नेपाललाई जित्नैपर्ने दबाव

नेपाल–युएईबीच टी–२० सिरिजको दोस्रो खेल आज, सिरिज जोगाउन नेपाललाई जित्नैपर्ने दबाव

नेपाल–युएईबीच टी–२० सिरिजको दोस्रो खेल आज, सिरिज जोगाउन नेपाललाई जित्नैपर्ने दबाव

नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज घरेलु टोली यूएईसँग दोस्रो खेल खेल्दैछ ।

तीन खेलको सिरिज अन्तर्गत दोस्रो खेलमा आज नेपाल युएई भिड्न लागेका हुन् । खेल आईसीसी क्रिकेट एकेडेमीको मैदानमा नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ । पहिलो खेलमा यूएईसँग पराजित भएको नेपाललाई सिरिज जोगाउन आजको खेल जित्नै पर्ने दबाव छ ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल युएईसँग २१ रनले पराजित भएको थियो । शीर्षक्रमको ब्याटिङ नचल्दा नेपालले खेल गुमाउन पुगेका थियो । पहिलो ओभरको पहिलो बलमै नेपालले प्रदीप ऐरीलाई गुमाएको थियो । दोस्रो विकेटका लागि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले ३१ रनको साझेदारी गरे पनि मल्ल पाँचौ ओभरको अन्तिम बलमा ७ रनमा पेभिलिएन फर्किए ।

छैटौं ओभरको तेस्रो बलमा दिपेन्द्रसिंह ऐरी ४ रनमा आउट भए । आठौं ओभरको पाँचौ बलमा कप्तान पारस खड्का २५ रनमा आउट भएपछि नेपालको इनिङ धर्मराएको थियो । १० औं ओभरको पाँचौ बलमा रोहित कुमार पौडेल ४ रनमा आउट भए । सन्दीप जोरा र करण केसीले ३३ रनको साझेदारी गरे । १४ औं ओभरको अन्तिम बलमा करण केसी पनि व्यक्तिगत ४ रनमा आउट भएका थिए । सन्दीपले ४६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५३ रन बनाए । त्यस्तै सोमपाल कामीले १९ बलमा १ चौका र १ छक्कासहित १९ रन जोडे पनि नेपाललको हार टार्न सकेनन् ।

यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । वसन्त रेग्मीले २ विकेट लिँदा सोमपाल कामी र अभिनाश बोहोराले १–१ विकेट हात पारेका थिए ।

सन्दीप जोराको नयाँ रेकर्ड
नेपाल पराजित भए पनि क्रिकेटर सन्दीप जोराले टी–२० अन्तर्रा्ष्ट्रिय क्रिकेटमा अर्धशतक हान्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । १७ वर्ष १०३ दिनको उमेरमा युएईविरुद्धको डेब्यू खेलमा उनले अविजित ५३ रन बनाए ।

sandeep-jhora-newskarobar

यसअघि उक्त कीर्तिमान क्यानडाका हिरल पटेलको नाममा थियो । हिरलले २०१० मा १८ वर्ष १ सय ७७ दिनको उमेरमा आयरल्यान्डविरुद्ध अर्धशतक बनाएका थिए । जोराले उत्कृष्ट ब्याटिङ गर्दै ४६ बलमा ३ चौका र १ छक्काको मद्धतमा अविजित ५३ रन बनाएका हुन् ।

तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईलाई २–१ ले पराजित गरेको नेपाल टी–ट्वान्टी क्रिकेट सिरिजमा भने १–० ले पछि परेको छ । सिरिज जोगाउन नेपाललाई आजको खेल जित्नै पर्ने दबाव छ ।

प्रकाशित समय : १४:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु