global ime bank Long Banner Ad

गृहपृष्ठ जगदम्बा इन्टरप्राइजेजले ल्यायो जगशक्ति गोल्ड छड

जगदम्बा इन्टरप्राइजेजले ल्यायो जगशक्ति गोल्ड छड

जगदम्बा इन्टरप्राइजेजले ल्यायो जगशक्ति गोल्ड छड

जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड टिमएटी छड बजारमा ल्याएको छ । जगदम्बाले आफ्नो नयाँ उत्पादन जगशक्ति गोल्ड छडको सद्भावना दूत (ब्रान्ड एम्बेसडर) मा चर्चित हास्यकलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ ।

राजधानीमा बिहीबार साँझ आयोजित भव्य कार्यक्रमबीच जगदम्बा समूहका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका निर्देशकहरु अनिल रुंगटा, विशाल पटवारी तथा सद्भावना दूतहरु सीताराम कट्टेल र कुञ्जना घिमिरेले जगशक्ति गोल्ड टिएमटी बार सार्वजनिक गरे । जगदम्बा इन्टरप्राइजेजले धुर्मुस सुन्तलीले चितवनमा बनाउन लागेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न जगशक्ति गोल्ड बारको प्रतिटन बिक्रीबाट २० रुपैयाँ उपलब्ध गराउने निर्देशक रुंगटाले कार्यक्रममा घोषणा गरे । उक्त सहयोग २ वर्षसम्म उत्पादन हुने जगशक्ति गोल्ड छडको बिक्रीबाट उपलब्ध गराइनेछ ।

कार्यक्रममा सद्भावना दूत धुर्मुसले आफूले घोषणा गरेको रंगशाला निर्माण गर्न सबैसँग सहयोगको आग्रह गरे । उनले अत्याधुनिक प्रविधिबाट उत्पादित जगशक्ति गोल्ड छडको सद्भावना दूत बनेर राष्ट्र निर्माणमा जोडिन पाउँदा खुसी लागेको बताए । कार्यक्रममा जगशक्ति गोल्डका प्राविधिक परामर्शदाता एस राजामनीले जगशक्ति गोल्ड फे ५०० डि टिएमटी छड परम्परागत प्रणालीबाट उत्पादित बारभन्दा उच्च गुणस्तरीय हुने जानकारी दिए ।

राजामनी भारतको चर्चित टाटा स्टिलमा काम काम गरिसकेका वरिष्ठ प्राविधिक हुन् । ‘यसमा सल्फर र फसफोरसजस्ता अशुद्ध तत्वलाई ०.०६ भन्दा कम गराइएको हुन्छ,’ उनले भने, ‘फे ५०० डी श्रेणीका टिएमटी छड साधारण श्रेणीका छडभन्दा उच्च लचिला हुन्छन् । यसलाई उत्पादन गर्दा उच्च नियन्त्रण भएको थर्मो केमिकल ट्रिटमेन्टबाट बनाइन्छ । डि श्रेणीका छडहरू भूकम्प प्रतिराधात्मक र यान्त्रिक रूपमा पूर्ण सक्षम हुन्छन् ।’

जगशक्ति टिएमटी गोल्डलाई निर्माण कार्यमा प्रयाग गर्दा कंक्रिटले अत्यधिक दबाब सहने क्षमता राख्छ । खिया प्रतिरोधात्मक यो छडमा उत्कृष्ट वेल्डिङ क्षमता रहेको कम्पनीले जनाएको छ ।

यो छड उत्पादन गर्दा पूर्ण नियन्त्रण भएको मेकानिकल ट्रिटमेन्ट गरिएको छ । यस छडमा कार्बन, सल्फर र फसफोरसको मात्रा कम हुन्छ । जसले गर्दा स्टिल सुरक्षित रहन्छ र भविष्यमा भूकम्पका धक्काको प्रतिराध गर्न सक्छ । यस छडलाई पुल, बाँध, आकाशे पुल, भवन, रेलमार्ग, जलविद्युत अयोजना जस्ता विभिन्न परियोजनामा प्रयोग गर्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जगदम्बा इन्टरप्राइजेजले विभिन्न प्रकारका कालो पाइप, जिआइ (फलामे) पाइप, विद्युतीय पोलका साथै स्ट्रक्चरल पुल र ट्रससमेत उत्पादन तथा जडान गर्दै आएको छ ।

प्रकाशित समय : १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु