global ime bank Long Banner Ad

गृहपृष्ठ कलाकार बिएस राणाको निधन

कलाकार बिएस राणाको निधन

कलाकार बिएस राणाको निधन

श्री ३ जंगबहादुर राणाका पाँचौं पुस्ताका कलाकार बिएस राणाको निधन भएको छ । ७६ वर्षीय राणाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।

नेपाली फिल्म क्षेत्रमा चरित्र अभिनेताका रूपमा चर्चा कमाएका राणाले निर शाहले निर्माण गरेको पछिल्लो चलचित्र डायमन शमशेरको उपन्यास ‘सेतो बाघ’मा आधारित फिल्ममा जंगबहादुरको भूमिका निभाएका थिए ।

बिएस राणा धीर शमशेरका छोरा भीम शमशेरका पनाति हुन् । उनका हजुरबुवा पद्म शमशेर पनि श्री ३ प्रधानमन्त्री थिए । बिएस राणाका बाबु नरेन्द्र शमशेर भने जनरल थिए । चलचित्र ‘अन्याय’देखि अभिनय थालेका उनले ५२ भन्दा बढी नेपाली फिल्ममा खेलेका छन् ।

राणा बेलायतमा अध्ययन गरेका हुन् । सेक्सपेरियन थिएटरमा काम गरेका राणाले खेलेको पछिल्लो नाटक कोर्टमार्सल हो ।

प्रकाशित समय : १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु