गृहपृष्ठ आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौति भएको प्रधानमन्त्रीको दावी
आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौति भएको प्रधानमन्त्रीको दावी
काठमाडौ–प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको बताएका छन् ।
बालगुरु आदित्य दाहालको पुस्तक कलियुगको आदित्य एवं ज्योतिपथ पुस्तकको अंग्रजी संस्करण शनिबार विमोचन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । ज्ञान प्राप्तिका लागि स्रोत अनिवार्य भए पनि आदित्यले स्रोत बिना ज्ञान प्राप्त गर्नु अनौठो बिषय भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘ज्ञान प्राप्तिका लागि स्रोत अनिवार्य छ’ प्रधानमन्त्री ओलीले भने, ‘आदित्यसमा बिनास्रोतको ज्ञान प्राप्त भएको छ । विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौति हो ।’
प्रधानमन्त्री ओलीले नेपाल देव भूमि, तपो भूमि र ज्ञान भूमि भएकाले आदित्य जस्ता प्रतिभावानहरुको यहाँ जन्म भएको बताए । प्रधानमन्त्री ओलीले विश्वका बैज्ञानिकहरुलाई आदित्यको स्रोत बिनाको ज्ञानका बारेमा अध्ययन गरेर निष्कर्ष दिन पनि आग्रह गरे ।
प्रकाशित समय : २३:०३ बजे


















