global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ डिग्री पढेको रिसमा पतिले काटिदिए पत्नीका औंला

डिग्री पढेको रिसमा पतिले काटिदिए पत्नीका औंला

डिग्री पढेको रिसमा पतिले काटिदिए पत्नीका औंला

आफूलाई नसोधिकन डिग्री पढ्न लागेको भन्दै बंगलादेशमा एकजनाले पत्नीको औंला काटिदिएका छन् । रोजगारीका लागि यूएई बस्ने रफिकुल इस्लामले बंगलादेश फर्किएपछि सर्प्राइज गिफ्ट दिने भन्दै आँखामा पट्टी बाँधिदिएर पत्नीका हातका सबै औंला काटिदिएका हुन् ।

कक्षा ८ पढेका इस्लामले पत्नीलाई पढाइ नछोडे खतरनाक परिणाम आउने चेतावनी पटक-पटक दिएका थिए । त्यसमा अख्तर सचेत नभएकी पनि होइनन् । पतिले सर्प्राइज गिफ्ट दिने भन्दै आँखामा पट्टी बाँधुन्जेलसम्म पनि उनले सुइँको पाइनन् । हात बाँधेर मुखमा पनि टेप लगाइदिएपछि आफूमाथि गलत हुन लागेको थाहा पाएर पनि उनी केही गर्न सकिनन् ।

बंगलादेशका प्रहरी प्रमुख मोहम्मद सलुद्दिनले इसलाम अपराध स्वीकार गरेको र उनीमाथि अर्काको अंगभंग गरेको अभियोग लगाइने बताए । मानवअधिकारवादी समूहहरूले इस्लामलाई जन्मकैदको माग राखेका छन् ।

अख्तरले भने आफूले देब्रे हातले लेख्न सिकेको र पढाइ जारी राख्ने बताएकी छन् । अहिले उनी आफ्ना आमाबुवाको घरमा छिन् ।

प्रकाशित समय : ००:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु