global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सिड्नीका नेपालीलाई अस्ट्रेलियाको १० लाख डलर सहयोग

सिड्नीका नेपालीलाई अस्ट्रेलियाको १० लाख डलर सहयोग

सिड्नीका नेपालीलाई अस्ट्रेलियाको १० लाख डलर सहयोग

अस्ट्रेलियाले सिड्नीमा रहेका नेपालीलाई १० लाख डलर सहयोग गरेको छ । अस्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यानले सिड्नीमा नेपाली सामुदायिक भवन निर्माणका लागि १० लाख डलर सहयोगको घोषणा गरेका हुन् ।

सिड्नी र गैरआवासीय नेपाली संघको ओसिनिया रिजनल सम्मेलनलाई शनिबार सम्बोधन गर्दै मन्त्री कोलम्यानले सो सहयोगको घोषणा गरे । उनले अस्ट्रेलियाको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसिएसनमार्फत सो रकम सहयोग गर्नेछन् ।

david-colman-newskarobar
अस्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यान ।

सम्मेलनमा कानुनमन्त्री भानुभक्त ढकाल, अस्ट्रेलियाको संघीय सरकारका अध्यागमनमन्त्री कोल्म्यान, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेलगायत विभिन्न दलका नेता एवं व्यवसायीको सहभागिता छ । ‘इन्भेस्टमेन्ट, इन्नोभेसन र टुरिजम’ मूल नारा राखिएको यो सम्मेलनमा विभिन्न बुद्धिजीबीहरुले कार्यपत्रहरु पेस गर्ने कार्यक्रम छ । ओसियाना सम्मेलन मे ११ र १२ सम्म चल्नेछ । अस्ट्रेलियासहित न्युजिल्यान्ड, पपुवा न्यु गिनी, भानुआटुलगायत देशमा बनेका एनआरएनका संगठनको नेतृत्व ओसियाना रिजनल समितिले गर्छ ।

प्रकाशित समय : २०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु