global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग २९)

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग २९)

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग २९)

१. ‘बेबी नोबेल’ भनेर चिनिने जोन बिट्स क्लार्क अवार्ड–२०१८ बाट पुरस्कृत हुने नेपाली मूलका अमेरिकी अर्थविद् को हुन् ?
– डा. प्रयाग पाठक
२. लैंगिक समानता तथा महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय यूएन वुमनको कार्यकारी बोर्ड सदस्यमा नेपाल कहिले निर्वाचित भएको हो ?
– सन् २०१८ अप्रिल
३. सन् २०१८ अप्रिल १२ देखि २७ सम्म सञ्चालित काठमाडौं ओपन जीएम अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि कसले जित्यो ?
– भारतका हर्ष भारथाकोटी
४. भलिबलको आविष्कार गर्ने व्यक्ति को हुन् ?
– विलियम जर्ज मोर्गन (सन् १८९५)
५. सार्कले कुन अन्तर्राष्ट्रिय संस्थासँग स्मृतिपत्रमा हस्ताक्षर गरी पहिलो सम्झौता गरेको थियो ?
– अंकटाड
६. ओजोन तह विनासको प्रमुख कारक तत्व कुन हो ?
– क्लोरोफ्लोरो कार्बन
७. सन् २०१८ अप्रिलमा कुन देशका राजाले आफ्नो देशको नाम परिवर्तन गरी नयाँ नामकरण गरेका छन् ?
– स्वाजिल्यान्डका राजा मस्वाती तृतीया (देशको नयाँ नाम द किङडम अफ इस्वातिनी)
८. पारिजात सिर्जना सम्मान–२०१८ बाट कसलाई सम्मानित गरियो ?
– समालोचक डीआर पोखरेल
९. मिस नेपाल २०१९ को उपाधि चुम्ने युवती को हुन् ?
– अनुष्का श्रेष्ठ
१०. यौनहिंसाविरुद्ध हलिवुडका महिलाले सुरु गरेको नयाँ अभियानलाई के भनेर चिनिन्छ ?
– टाइम्स अप
११. समलिंगी विवाहलाई कानुनी मान्यता प्रदान गर्ने विश्वकै पहिलो राष्ट्र कुन हो ?
– नेदरल्यान्ड (सन् २००१ अप्रिल १)
१२. चर्चित उपन्यास ‘ह्यारी पोर्टर’ की लेखिका जे के रोलिङ कहिले नेपाल आएकी थिइन् ?
– २०७१ चैत ७ गते
१३. वीर अस्पतालले जेष्ठ नागरिकलाई कहिलेदेखि निःशुल्क उपचार सुरु गरेको हो ?
– २०७० जेठ २ गते
१४. एउटा देश एउटा महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?
– अस्ट्रेलिया
१५. मुस्कानसहितको प्रहरी सेवा कहिलेबाट सुरुवात भएको हो ?
– २०७१ जेठ ७ गते
१६. सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या कति पु-याउने लक्ष्य छ ?
– २५०
१७. सर्वोच्च अदालतले ‘राइट टु रिजेक्ट’को व्यवस्था गर्न कहिले आदेश दियो ?
– २०७० पुस २१
१८. विद्यावारिधि गर्ने पहिलो दृष्टिविहीन नेपाली को हुन् ?
– डा. कमल लामिछाने
१९. बिमस्टेकको पहिलो महासचिव को हुन् ?
– सुमथ नाकनदाला
२०. नेपालको कुन हिमाललाई टेक्निकल माउन्टेन भनिन्छ ?
– अमादब्लम

प्रकाशित समय : २१:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु