काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पश्चिमी वायुको प्रभावले मौसम बदली, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

861
shares

काठमाडौं  पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभरको मौसम आंशिक बदली भएको छ। दार्चुला, बझाङ र हुम्लाका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार देशभर आंशिक बादल लाग्नेछ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

यसैबीच, महाशाखाले चक्रवात ‘मुरासु’ सम्बन्धमा विशेष मौसम बुलेटिन जारी गर्दै उक्त प्रणालीका कारण नेपालमा उल्लेखनीय मौसमी प्रभाव पर्ने सम्भावना नरहेको जनाएको छ।

महाशाखाका अनुसार मौसम मोडल तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्यांक विश्लेषण गर्दा आइतबार बिहान ११ बजेर ४५ मिनेटमा दक्षिणपश्चिम बंगालको खाडी तथा आसपासको मध्यपश्चिम बंगालको खाडीमा चक्रवाती आँधी ‘मुरासु’ विकसित भएको हो।

सोमबार उक्त प्रणाली मध्यपश्चिम बंगालको खाडीमा शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ। यो प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै कात्तिक १७ गते भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रस्थित नेल्लोर र नरसापुरबीचबाट जमिनमा प्रवेश गर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।