काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

714
shares

झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार आजको प्रातःकालीन पदयात्रामा उनलाई बिरिङ खोला नजिक दुई वटा हात्तीले आक्रमण गरेका थिए । गम्भीर घाइते उनलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल लैजाँदै बाटामा मृत्यु भएको हो । शव परीक्षणका लागि उक्त अस्पतालमा राखिएको छ ।

खातुनसँगै पदयात्रामा रहेका सोही स्थानका ७३ वर्षीय झक्कु राजवंशी गम्भीर घाइते भएका छन । उनको बिर्तामोडस्थित स्पाइन एक्स अस्पतालमा उपचार जारी छ ।