काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बहत्तर हजार ट्रामाडोल क्याप्सुलसहित दुई युवक पक्राउ

1.01K
shares

काठमाडौं । दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ठूलो परिमाणको औषधिसहित दुई युवक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार वीरगञ्जबाट काठमाडौं आइरहेको कारबाट ७२ हजार ८० थान ट्रामाडोल क्याप्सुलसहित बाराको कलैया उपमहानगरपालिकाका–२३ कोयरियाका २७ वर्षीय सुदिप पटेल र वीरगञ्ज महानगरपालिका–१७ अलौका २७ वर्षीय सुनिल सहनीलाई पक्राउ गरिएको हो ।