काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन

468
shares

ai logo सारांश

  • रेडबुल १३औँ कृति अवार्ड्स २०८३ को उद्घाटन ‘कृति इग्नाइट’ कार्यक्रममार्फत सम्पन्न भएको छ।
  • सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले उद्घाटन गरेको कार्यक्रममा विज्ञापन तथा सञ्चार क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।
  • नेपाल विज्ञापन संघ (आन) द्वारा आयोजित कृति अवार्ड्समा यस वर्ष विभिन्न व्यावसायिक तथा सञ्चारसम्बन्धी संस्थाहरू सहआयोजकका रूपमा सहभागी भएका छन्।

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) द्वारा आयोजित रेडबुल १३औँ कृति अवार्ड्स २०८३ को उद्घाटन सत्र ‘कृति इग्नाइट’ कार्यक्रममार्फत सम्पन्न भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमको उद्घाटन सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले गरेका हुन्। कार्यक्रममा विज्ञापन तथा सञ्चार क्षेत्रसँगै विभिन्न उद्योग र व्यवसाय क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो।

नेपाली विज्ञापन तथा सञ्चार क्षेत्रमा सिर्जनशीलता र व्यावसायिक उत्कृष्टताको सम्मान गर्ने उद्देश्यले कृति अवार्ड्स आयोजना हुँदै आएको छ। यस वर्षको संस्करणमा विभिन्न व्यावसायिक तथा सञ्चारसम्बन्धी संस्थाहरूको सहभागिता र सहकार्य रहेको आयोजकले जनाएको छ।

अवार्ड्सलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा विज्ञापन बोर्डले समर्थन गरेका छन्। त्यस्तै, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान), सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), रेडियो ब्रोडकास्टर्स फोरम, नेपाल मिडिया सोसाइटी र मिडिया एलायन्स नेपाल यस वर्षदेखि सहआयोजकका रूपमा सहभागी भएका छन्।

आयोजकका अनुसार यस वर्ष आनका गैरसदस्यहरूका लागि समेत मनोनयन खुला गरिएको छ। विभिन्न व्यावसायिक संघसंस्था र सञ्चार क्षेत्रका संस्थाहरूको सहभागिताले अवार्ड्सलाई थप व्यापक र समावेशी बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा नेपाली विज्ञापन तथा आमसञ्चार क्षेत्रको विकासक्रम झल्काउने श्रव्यदृश्य प्रस्तुति गरिएको थियो। कार्यक्रममा आनका पूर्वअध्यक्ष तथा कृति अवार्ड्सका प्रवर्द्धक एवं मिडिया एलायन्स नेपालका संस्थापक अध्यक्ष भाष्करराज राजकर्णिकारले स्वागत मन्तव्य राखेका थिए।

त्यस्तै, १३औँ कृति अवार्ड्सका शीर्ष प्रायोजक सारस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिवाल तथा विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए। आनका अध्यक्ष सुदीप थापाले धन्यवाद ज्ञापन गरेका थिए। कृति अवार्ड्स २०८३ मार्फत नेपाली विज्ञापन तथा सञ्चार क्षेत्रमा उत्कृष्ट सिर्जना र योगदानलाई सम्मान गरिने आयोजकले जनाएको छ।