गृहपृष्ठ एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान

एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान

एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान

काठमाडौँ । बिसौँ एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुषतर्फको पाँच हजार मिटर दौडमा नेपाली धावक मुकेशबहादुर पालले राष्ट्रिय कीर्तिमान बनाएको छन् ।

पालले पाँच हजार मिटरको दूरी १४ मिनेट ०३।६१ सेकेन्डमा पूरा गर्दै यसअघि राजेन्द्र भण्डारीको नाममा रहेको कीर्तिमान तोड्केो राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

भण्डारीले सन् २००४ को एथेन्स ओलम्पिकमा १४ मिनेट ०४।८९ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरेका थिए।

जारी एसियाली प्रतियोगितामा सहभागी १८ धावकमध्ये पालले नवौँ स्थान हासिल गरेका हुन ।

प्रकाशित समय : ०४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु