गृहपृष्ठ नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार
नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार
काठमाडौं । नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको छ ।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बिहान ११ः३० बजे बस्ने बैठकमा मैत्री समूहको प्रभावकारिता, नेपाल–क्यानडा संसदीय सहकार्य तथा द्धिपक्षीय हितका विषयमा छलफल हुने समूहका संयोजक कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बैठकमा मैत्री समूहको प्रभावकारिता र नेपाल–क्यानडा संसदीय सहकार्यका साथै विविध विषयमा छलफल हुने जनाइएको छ ।
प्रकाशित समय : १४:४४ बजे


















