गृहपृष्ठ न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची
न्युयोर्क । संयुक्त राष्टसङ्घको ८१औँ महासभामा भाग लिन अमेरिकी सहर न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालको कार्यसूची निकै व्यस्त देखिएको छ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान न्युयोर्क आइपुगेका परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घीय महासभामा भाग लिन आएका विभिन्न देशका विदेशमन्त्री तथा प्रतिनिधि मण्डलसँगको भेटघाटमा व्यस्त भएका हुन ।
व्यस्त कार्यसूचीकाबीच सोमबार साँझदेखि नै यहाँ आयोजित द्विपक्षीय, बहुपक्षीय र सामरिक रुपमा महत्व रहेका कार्यक्रममा सहभागिता जनाउनुका साथै उनले विभिन्न संस्थाका प्रतिनिधिसँग भेटघाट गरिरहेको संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगले जनाएको छ ।
मन्त्री खनालले बुधबार मात्र भारतीय विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस अवसरमा मन्त्री खनालले नेपालमा गत भदौ १० गते गएको रसुवाबाढीका बारेमा प्रारम्भिक जानकारी गराउनुहुँदै दुःखद् क्षणमा छिमेकी मित्रराष्ट्र भारतले नेपाललाई गरेको सहयोगको प्रशंसा गरेका थिए ।
त्यसैगरी, नेपालको मित्रराष्ट्र जापानका परराष्ट्रमन्त्री मोतेगी तोसिमीत्सुसँग पनि मन्त्री खनालले भेटवार्ता गरे । त्यस अवसरमा मन्त्री खनालले नेपालको हालैको विपत्तिसँग जुध्न तथा नेपाललाई परेको विपद्का बेलामा जापानले नेपाललाई गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए।
सो भेटका अवसरमा बाढीपछिको असहज अवस्थामा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै जापानी परराष्ट्रमन्त्रीले नेपालको आपतकालीन अवस्थालाई दृष्टिगत गरी तत्कालीन, मध्यकालीन र दीर्घकालीन रुपमा सहयोग गर्न तयार रहेको जानकारी गराएका थिए ।
उनले आपतकालीन सहयोगअन्तर्गत ३० लाख अमेरिकी डलर तत्कालै उपलब्ध गराइने जानकारी पनि मन्त्री खनाललाई दिएका थिए । दुवै देशका परराष्ट्रमन्त्रीहरु यहाँ आयोजित संयुक्त राष्ट्रसङ्घको महासभाअन्तर्गत ‘साइडलाइन’ बैठकमा परराष्ट्र«मन्त्री तोसिमीत्सुले उक्त भनाइ राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटका अवसरमा मन्त्री तोसिमीत्सुले नेपालमा भएको महाविपत्तिको कारणले व्यहोर्नुपरेको क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै पीडित परिवारजनमा सहानुभूति रहेको दोहोर्याए ।

प्रकाशित समय : १४:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु