गृहपृष्ठ नुवाकोटमा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा निर्माण व्यवसायी महासंघको प्रतिबद्धता

नुवाकोटमा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा निर्माण व्यवसायी महासंघको प्रतिबद्धता

नुवाकोटमा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा निर्माण व्यवसायी महासंघको प्रतिबद्धता

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले भदौ १० गते चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट नुवाकोटमा भएको मानवीय तथा भौतिक क्षतिको स्थलगत अवलोकन तथा निरीक्षण गरेको छ।

महासंघ अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले निर्माण व्यवसायी संघ नुवाकोटका प्रतिनिधिसहित देवीघाट, ढुङ्गे, गेर्खुटार, शुभघाटलगायत क्षेत्रको निरीक्षण गरी बाढीबाट क्षतिग्रस्त पूर्वाधार तथा स्थानीयको अवस्थाबारे जानकारी लिएको हो।

स्थलगत निरीक्षणका क्रममा ढुङ्गेस्थित बुद्ध मन्दिरको तल्लो भागबाट त्रिशूली बजार जोड्ने गरी करिब २५० मिटर लामो झोलुङ्गे पुल निर्माण गर्न सके नुवाकोटसहित छिमेकी जिल्लाका ५० हजारभन्दा बढी स्थानीय लाभान्वित हुने देखिएको महासंघले जनाएको छ।

महासंघले उक्त पुल निर्माणलाई उच्च प्राथमिकतामा राख्दै पूर्वाधार मन्त्रालयसँग समन्वय गरेर अघि बढाउने जनाएको छ। उक्त पुल निर्माण भएपछि नुवाकोट जिल्ला अस्पतालसँगै किस्पाङ र मेघाङ गाउँपालिका तथा विदुर नगरपालिका–७, ८, ९ र ३ का केही भूभागसँग बाढीका कारण विच्छेद भएको यातायात तथा आवागमन सम्पर्क पुनःस्थापित हुने स्थानीयको भनाइ छ। पुल निर्माणबाट हजारौँ स्थानीय प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

महासंघको प्रतिनिधिमण्डललाई विदुर नगरपालिकाका प्रमुख, नेपाली सेनाका जिल्लास्थित उच्च पदस्थ अधिकारी तथा सडक डिभिजन कार्यालयका प्रमुखले नुवाकोटमा बाढीबाट भएको क्षति, प्रभावित क्षेत्रको अवस्था र पूर्वाधार पुनःस्थापनाका लागि आवश्यक पहलका विषयमा जानकारी गराएका थिए।

प्रकाशित समय : १३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु