गृहपृष्ठ ओमसतियाद्वारा बाढी प्रभावितका लागि २४ लाख सहयोग

ओमसतियाद्वारा बाढी प्रभावितका लागि २४ लाख सहयोग

ओमसतियाद्वारा बाढी प्रभावितका लागि २४ लाख सहयोग

भैरहवा । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावितको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि रुपन्देहीको ओमसतिया गाउँपालिकाले २४ लाख १७ हजार ९०० सहयोग गरेको छ ।

गाउँपालिकाका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारी एवं सामुदायिक विद्यालयका शिक्षकको पारिश्रमिकबाट सङ्कलन भएको उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष मञ्जित यादवले जानकारी दिए ।

यसैबीच, ओमसतिया गाउँपालिकाले रसुवा बाढीबाट ज्यान गुमाएकाको आत्माको चिरशान्तिको कामना, शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रकाशित समय : १७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु