गृहपृष्ठ मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन

मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन

मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले धगनढीको सेती प्रादेशिक अस्पतालको आज अनुगमन गरेका छन । त्यस क्रममा उनले अस्पतालमा उपचार सेवाका लागि आउँने नागरिकले सहज र सम्मानजनक रूपमा स्वास्थ्य सेवा पाउने वातावरण निर्माणमा जोड दिए ।

अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र गुणस्तरीय बनाउन कर्मचारी तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिँदै मुख्यमन्त्री भट्टले अस्पतालको सेवा प्रवाहमा कुनै पनि समस्या हुन नदिइ आफ्नो कार्यसम्पादन प्रति गम्भीर र जवाफदेही बन्न कर्मचारीलाई सुझाव दिए। त्यस अवसरमा उनले अस्पतालको सेवा प्रवाह, बिरामीले प्राप्त गरिरहेको सुविधा लगायतबारे जानकारी लिए ।

प्रकाशित समय : १७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु