गृहपृष्ठ सेयर बजारमा ९.२४ अंकको वृद्धि,२ अर्ब ९० करोडको कारोबार

सेयर बजारमा ९.२४ अंकको वृद्धि,२ अर्ब ९० करोडको कारोबार

सेयर बजारमा ९.२४ अंकको वृद्धि,२ अर्ब ९० करोडको कारोबार

काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा अडिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा झरेको थियो। सो दिन ३ अर्ब ६४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

यसदिन नेप्से परिसूचक सामान्य अंकले बढे पनि कारोबार रकममा भने सोमबारको तुलनामा कमी आएको छ। ३४१ वटा स्क्रिप्सको ७६ लाख १३ हजार ६८१ कित्ता सेयर २ अर्ब ९० करोड ६९ लाख ४३ हजार ६३३ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये १८१ वटा स्टक्सको मूल्य बढ्दा ८४ वटाको घट्यो। बाँकी १२ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर ७.१५ प्रतिशतले बढ्दा एमबीएल इक्विलिटी फण्डको ५.८८ र इनर्जी नेपाल लिमिटेडको ४.८५ प्रतिशतले बढ्यो। उपकार जलविद्युत वित्तीय संस्थाको सेयर ८.४८ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो हाइड्रोले १३ करोड ८२ लाख मूल्य बराबरको सेयर कारोबार गर्यो। शिवम् सिमेन्टे १३ करोड ६३ लाख बराबरको कारोबार गर्दा आँखु खोला जलविद्युत कम्पनीले १० करोड,रिडी पावर र सानिमा मिडल तमोर हाइड्रोपावरले ९ /९करोडको सेयर कारोबार गरे। आज मनु एण्ड प्रो समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक सकारात्मक देखिए।

प्रकाशित समय : १७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु