गृहपृष्ठ नेपालद्वारा होबार्ट हुरिकेन्सलाई १५५ रनको लक्ष्य
नेपालद्वारा होबार्ट हुरिकेन्सलाई १५५ रनको लक्ष्य
काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपाल ‘ए’ टोलीले होबार्ट हुरिकेन्स एकेडेमीलाई जितका लागि १५५ रनको लक्ष्य दिएको छ । अस्ट्रेलियाको डार्विनस्थित मारारा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५४ रनको योगफल बनाएको हो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । उनले ३४ बलमा छ चौकाको सहयोगमा ३९ रन जोडेका हुन् । त्यस्तै मायन यादवले ३१ रन बनाए भने कप्तान अनिल साहले २८ तथा लोकेश बम २० रनमा अविजित रहे । त्यसैगरी तृतराज दासले १०, नारायण जोशीले चार, पवन सर्राफले तीन, बिपिन खत्रीले दुई तथा युवराज खत्रीले र शाहब आलमले समान एक/एक रन जोडे ।
बलिङतर्फ होबार्ट हुरिकेन्स एकेडेमीका राफ म्याकमिलनले सर्वाधिक तीन विकेट लिए भने मार्कस बिनले दुई विकेट झारे । त्यस्तै ब्राड्ली होप र निवेथन राधाकृष्णनले समान एकरएक विकेट लिए ।
प्रकाशित समय : १८:०० बजे


















