गृहपृष्ठ सङ्गीत, खेलकुल र चलचित्र क्षेत्र सेवा उद्योग

सङ्गीत, खेलकुल र चलचित्र क्षेत्र सेवा उद्योग

सङ्गीत, खेलकुल र चलचित्र क्षेत्र सेवा उद्योग प्रतिनिधिसभा बैठक काठमाडौँ, ८ भदौः सिंहदरबारस्थित सङ्घीय संसद भवनमा सोमबार बसेको प्रतिनिधिसभाको बैठक । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सङ्गीत, खेलकुद र चलचित्र क्षेत्रलाई सेवा उद्योगका रुपमा परिभाषित गरिएको स्पष्ट पारेकी छन ।

प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईको जिज्ञासाको जवाफ दिँदै उनले विद्यमान औद्योगिक नीति, २०६७ र औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार ती क्षेत्र सेवामूलक उद्योगको वर्गमा पर्ने जानकारी गराइन।

मन्त्री कुमारीले ती क्षेत्रलाई उद्योगका रुपमा दर्ता हुने भएता पनि उद्योग प्रवर्द्धन, विकास र नियमनसम्बन्धी कार्य सम्बन्धित निकायबाट हुने स्पष्ट पारिन । उनले भनिन, “त्यसअनुसार बजेट पनि सम्बन्धित निकायमा नै विनियोजन भएको छ । आव २०८३/८४ मा यी सेवामूलक उद्योगमा विनियोजन गरिएको बजेट सम्बन्धित मन्त्रालयगत बजेट सूचना प्रणालीबाट प्राप्त गर्न सकिनेछ ।”

प्रकाशित समय : १७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु