global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गदै

प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गदै

प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक  सङ्घका पदाधिकारीसँग छलफल गदै

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक कृषि उत्पादन तथा निर्यात प्रवर्द्धनका विषयमा नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी र व्यवसायीसँग बिहीबार छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने छलफलमा अर्ग्यानिक कृषि उत्पादन, प्रशोधन, व्यापार, बजारीकरण तथा निर्यात विस्तारका विषयमा केन्द्रित भएर संवाद हुने जनाइएको छ।

छलफलमा नेपाल अर्ग्यानिक सङ्घका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन साङ्ग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्ग्यानिक एग्रो इन्डस्ट्रिजका अध्यक्ष पर्शुराम आचार्य सहभागी हुनेछन्।

नेपाल अर्ग्यानिक सङ्घ जैविक कृषि उत्पादन, प्रशोधन, व्यापार तथा अर्ग्यानिक उत्पादनको उपभोग प्रवर्द्धनमा सक्रिय संस्था हो।

प्रधानमन्त्री शाहले पछिल्ला महिनाहरूमा उद्योग, व्यवसाय र उत्पादनमूलक क्षेत्रका प्रतिनिधिसँग नियमित संवाद गर्दै आएका छन्। व्यवसायीले उठाएका समस्या, सुझाव र मागका आधारमा नीतिगत सुधार तथा सहजीकरणका पहललाई सरकारले निरन्तरता दिइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित समय : १०:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु