global ime bank Long Banner Ad

गृहपृष्ठ ट्राउटपालन माछा वार्षिक १२ लाख आम्दानी

ट्राउटपालन माछा वार्षिक १२ लाख आम्दानी

ट्राउटपालन माछा    वार्षिक १२ लाख आम्दानी

ढोरपाटन । बागलुङको ताराखोला गाउँपालिका–४ का अध्यक्ष जीतबहादुर खत्री बिहान उठ्दा बित्तिकै ट्राउट माछा फर्ममा पुगछन । खत्रीको बिहान माछा फर्मको सरसफाइ र दाना दिँदैमा बित्छ । दिनभर वडा कार्यालय र नागरिकको काममा खटिनुहुने उहाँ साँझ परेपछि माछाकै फर्ममा पुगछन । ट्राउट माछापालनका लागि सफा पानी चाहिने हुँदा अध्यक्ष खत्रीले बिहान बेलुकाको समय बढी फर्मलाई दिँदै आएको छन ।

‘ताराखोला बहुउद्देश्यीय रेन्बो ट्राउट फर्म’ खोलेर माछापालन गर्दै आएका खत्री जनप्रतिनिधिसँगै ताराखोलामा अगुवा कृषकको रुपमा पनि परिचित हुन । रसुवा पुगेर ट्राउट माछापालनसम्बन्धी तालिम लिएपछि खत्रीले व्यवसाय गर्न थालेका हुन ।

विसं २०७५ मा चार जनाको समूहले सुरु गरेको ट्राउट फर्म कोरोना महामारीको बेला घाटामा गएको थियो । साझेदारले थप लगानी गर्न तयार नभएपछि परिवारको सहयोगमा खत्री एक्लै सुरु गरे । ११ रोपनी क्षेत्रफलमा फैलिएको फर्ममा २२ वटा पोखरी छन् ।
उनले अहिले वार्षिक करिब १२ लाख आम्दानी हुने गरेको जानकारी दिए । अहिले आठ वटा पोखरीमा भूरा पनि उत्पादन हुन्छ । अहिले ६०० जति ठूला माछा अण्डा उत्पादनका लागि राखेका छन् । दुई क्वीन्टल जति मात्रै बिक्रीका लागि तयार माछा पोखरीमा रहेको अध्यक्ष खत्रीले बताए ।

“भुरा उत्पादनको काम अलि जोखिमपूर्ण छ, ट्राउटमाछा पालनमा पानीको विशेष ध्यान राख्नुपर्छ, पानी धमिलो भयो भने पनि समस्या हुन्छ, भुरालाई डेढ घण्टाको समयमा दाना हाल्नुपर्ने हुन्छ”, अध्यक्ष खत्रीले भने ।

पहिले अण्डा ल्याएर भुरा उत्पादन गरे पनि पछिल्लो समय उनले अण्डा पनि यही उत्पादन गर्न सुरु गरेका छन । पानीका कारण माछाको भुरा मरेर ठूलो नोक्सानी व्यहोर्नुपरेको घटना सुनाउँदै अध्यक्ष खत्रीले ट्राउट माछापालन निकै जोखिमपूर्ण रहेकाले १० मिनेट मात्रै पानी रोकियो भने अक्सिजन कम भएर मर्ने सम्भावना रहने जानकारी दिए । खत्री लामो समयसम्म ताराखोलाका विद्यालयमा शिक्षकको भूमिकामा रहेका थापा स्थानीय तह निर्वाचन–२०७४ पछि वडाध्यक्ष हुन ।

 

प्रकाशित समय : १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु