global ime bank Long Banner Ad

गृहपृष्ठ २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक

२० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक

२० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक xr:d:DAFZTz0hTIo:750,j:45172352926,t:23041407

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ च’ निष्कासन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले १ वर्ष अवधिको लागि उक्त ऋणपत्र बोलकबोल मार्फत जारी गर्न लागेको हो ।

बैंकद्वारा प्रकाशित सूचना अनुसार, यस ऋणपत्रको बोलकबोल असार २४ गते मध्याह्न ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ । यसमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन् ।

सहभागी हुन चाहने संस्थाहरुले न्यूनतम ५ करोड र अधिकतम ५ करोडले भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण गरिनेछ ।

यसको साँवा भुक्तानी २०८४ असार २४ गते हुनेछ भने ब्याजको भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ । इच्छुक बोलवालाले बहुब्याजदरमा समेत बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ । बैंकले सानोदेखि ठूलो ब्याजदरको क्रममा बोलपत्रहरुलाई राखेर आह्वान गरिएको रकमसम्मको बिन्दुमा एकल ब्याजदर कायम गरी ऋणपत्र बिक्री गर्ने प्रक्रिया तोकेको छ ।

लगानी गरिएको यो ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा समेत प्रयोग गर्न सक्नेछन् । यसलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ । साथै, स्वीकृत बोल रकम भुक्तानीका लागि सम्बन्धित संस्थाको खातामा पर्याप्त मौज्दात हुनुपर्नेछ । यदि मौज्दात अभाव भई बोल रकम रद्द भएमा सम्बन्धित संस्थालाई स्वीकृत रकमको २.५० प्रतिशत हर्जाना लगाइनुका साथै ६ महिनासम्म कुनै पनि बोलकबोलमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइने समेत सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित समय : १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु