गृहपृष्ठ सरकारको दृष्टिकोणमा सञ्चाप्रति सङ्कुचन आयो अध्यक्ष शर्मा
सरकारको दृष्टिकोणमा सञ्चाप्रति सङ्कुचन आयो अध्यक्ष शर्मा
काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा सङ्कुचन आएको आरोप लगाएकी छिन् ।
आइतबार ललितपुरमा महासङ्घद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारबाट अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित गरिएको आरोप लगाइन् ।
उनले संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको भएपनि नयाँ सरकार बनेको सय दिनमा सरकारबाटै सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन नसकेको टिप्पणी गरिन् ।
पत्रकारहरूको सूचनामा सीमित पहुँच भएको उनको आरोप छ । सिंहदरबारमा मन्त्रालयसम्म पत्रकार पुग्ने सामर्थ्य भएपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेटसम्म पनि पत्रकारहरू जान नपाउने अवस्था रहेको जिकिर गरिन् ।
संसदीय समितिहरूमा पनि पत्रकारहरू सहज रूपमा प्रवेश गर्नसक्ने अवस्था नरहेको भन्दै असन्तुष्टि व्यक्त गरिन्। अध्यक्ष शर्माले सरकारले आर्थिक केन्द्रबाट प्रेसलाई नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाइन् ।
प्रकाशित समय : १५:१० बजे


















