गृहपृष्ठ कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिइ फरार रहेका धनबहादुर घर्तीमगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–१ वनगाउँ बस्ने अन्दाजी ४५ वर्षीय निज घर्तीमगर रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
निज घर्तीमगर कैलाली जिल्ला अदालतको विसं २०५६ चैत १३ गतेको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिइ विसं २०६१ माघ २७ गते कैलाली कारागारबाट फरार थिए ।
पक्राउ परेका घर्तीमगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी आजै कैलाली जिल्ला अदालत समक्ष उपस्थित गराइने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १६:३९ बजे



















