global ime bank Long Banner Ad

गृहपृष्ठ सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा

काठमाडौँ ।निजामती कर्मचारी अस्पतालको सेवा एकाइ सञ्चालनमा आएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि उक्त सेवा एकाइ सञ्चालनमा ल्याइएको हो ।

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा एकाइ सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो ।

निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न मन्त्रालयमै स्वास्थ्य सेवा एकाइ राखिएको मन्त्रालयले जनाएको छ । उक्त सेवा निजामती कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी स्वास्थ्य परीक्षण, रगत परीक्षणलगायत स्वास्थ्य सेवाहरू उपलब्ध गराइने छ ।

 

प्रकाशित समय : १६:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु