गृहपृष्ठ खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शुक्रबारदेखि सुरु हुने दिनभरको अन्त्येष्टि कार्यक्रमको तयारी भइरहेका बेला लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका इरानको अर्धसैनिक क्रान्तिकारी गार्डका प्रमुख जनरल अहमद वाहिदी अचानक सार्वजनिक रूपमा देखिनुभएको छ । इरानी राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिर र भिडियोमा उहाँ अन्त्येष्टिसम्बन्धी बैठकमा सहभागी भएको तथा तेहरानस्थित खामेनीको पूर्व निवास नजिक आयोजना गरिएको श्रद्धाञ्जलि कार्यक्रममा उहाँको कास्केट छेउमा बसेको देखिएको छ ।
राज्य सञ्चारमाध्यमका अनुसार ८६ वर्षीय खामेनीको सम्मानमा बिहीबार राति तेहरानको केन्द्र क्षेत्रमा सानो शोकसभा आयोजना गरिएको थियो । उक्त समारोहमा कालो पोशाकमा उपस्थित शोकाकुल परिवारजनले कफिनतर्फ स्कार्फ र अन्य सामग्री फ्याँकेका थिए । यसलाई इरानमा श्रद्धा व्यक्त गर्ने परम्परागत अभ्यास मानिन्छ ।
विश्लेषकहरूका अनुसार अमेरिकासँगको युद्धको सम्भावित स्थायी अन्त्यका लागि हुन सक्ने वार्तामा इरानको कडा अडान तय गर्न वाहिदी प्रभावशाली भूमिकामा रहेको छ । उनलाई नयाँ सर्वोच्च नेता अयातुल्ला मोजताबा खामेनीसँग प्रत्यक्ष सम्पर्कमा रहेको सीमित समूहका सदस्यमध्ये एक भएको विश्वास गरिएको छ । मोजताबा खामेनी फेब्रुअरी २८ मा इजरायली आक्रमणमा घाइते भएको थिय भने सोही आक्रमणमा उहाँका पिता अली खामेनीको मृत्यु भएको बताइएको छ ।
युद्ध सुरु हुनुभन्दा केही साताअघि फेब्रुअरी ८ पछि वाहिदी सार्वजनिक रूपमा नदेखिएकाले उनको उपस्थितिलाई विशेष महत्त्वका साथ हेरिएको छ । राज्य सञ्चारमाध्यमले प्रसारण गरेको भिडियोमा तेहरानस्थित हुसिनियाह परिसरमा राखिएको खामेनीको कफिन रातो ट्युलिपले सजाइएको देखिन्छ । कफिनमाथि शिया समुदायमा विशेष महत्त्व राख्ने ‘या हुसेन’ लेखिएको सेतो सुलेखनसहितको रातो झण्डा ओढाइएको थियो । उक्त झण्डालाई अन्यायपूर्ण रूपमा मारिएका व्यक्तिको रगत तथा प्रतिशोधको प्रतीकका रूपमा समेत लिइन्छ र इराकको कर्बलास्थित इमाम हुसेनको पवित्र मजारमाथि पनि फहराइने गरिन्छ ।
इरानले शनिबारदेखि खामेनीको दिनभर चल्ने अन्त्येष्टि कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । उनको पार्थिव शरीर इरान र छिमेकी इराकका विभिन्न सहरमा लगिने कार्यक्रम तय गरिएको छ । अन्त्येष्टि तेहरानको ग्रान्ड मोसल्लाबाट सुरु हुनेछ । त्यहाँ शोक समारोहका कारण सडक तथा दैनिक जनजीवन प्रभावित हुने अपेक्षा गरिएको छ । दशकमै पश्चिमसँग टकरावपूर्ण नीति अपनाउँदै इरानको नेतृत्व गर्ेका खामेनीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न ठूलो सङ्ख्यामा शोकाकुल नागरिक सहभागी हुने सरकारी अधिकारीहरूले जनाएका छन् ।रासस
प्रकाशित समय : १२:४७ बजे



















