global ime bank Long Banner Ad

गृहपृष्ठ आम सञ्चारमाध्यमले समावेशी मुद्दा प्राथमिकतामा राख्नुपर्ने’

आम सञ्चारमाध्यमले समावेशी मुद्दा प्राथमिकतामा राख्नुपर्ने’

आम सञ्चारमाध्यमले समावेशी मुद्दा प्राथमिकतामा राख्नुपर्ने’

काठमाडौँ । आमसञ्चारमाध्यमले सामाजिक उत्तरदायित्वको रुपमा समावेशी मुद्दालाई प्राथमिकताका साथ स्थान दिनुपर्नेमा अधिकारकर्मी र सञ्चारकर्मीको जोड छ ।

सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा एकता फाउण्डेशनद्वारा यहाँ आज आयोजित ‘समावेशी पत्रकारिताः सीप, क्षमता र सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी अधिकारकर्मी र सञ्चारकर्मीले समावेशी पत्रकारिताको आवश्यकता औँल्याएको हो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष नितु पण्डितले समावेशी पत्रकारितामा भौतिक उपस्थिति मात्रै नभई समानताका पक्षमा प्राथमिकता दिने सम्पादकीय दृष्टिसमेत आवश्यक रहेको बताए । उनले पछिल्लो समय पत्रकारिताको सामाजिक उत्तरदायित्व नै कमजोर हुँदै गएको अवस्था चित्रण गर्दै सिमान्तकृत दलित, महिला, जनजाति, लैङ्गिक अल्पसङ्ख्यकलगायत समुदायको आवाज नै आमसञ्चार हुनुपर्ने धारणा राख्े।

“मिडिया समाज रुपान्तरणको आधार हो”, उपाध्यक्ष पण्डितले भन्े, “आवाजविहीनको आवाज बन्नुपर्छ, त्यो मिडियाको कर्तव्य हो ।”

त्यस्तै, लेखक एवं अधिकारकर्मी जेबी विश्वकर्माले समावेशी पत्रकारिताको आवश्यकता र महत्वका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उनले आमसञ्चारमाध्यमले समाजका पिँधमा परेका समुदायको आवाज उठाउँदा अब परम्परागत शैली फेरेर प्रभावकारी र रचनात्मक शैली अपनाउनुपर्ने बताए ।

एकता फाउण्डेशनका अध्यक्ष रामहरि शाही समुन्द्रीले समावेशी मुद्दा कुनै निश्चित समुदायको मात्रै नभई समग्र सभ्य राष्ट्र निर्माणको आधार रहेको बताए। यसका लागि मिडियाले समाज रुपान्तरणको मिसन पत्रकारिताका रुपमा समावेशी विषयमा समाचार सम्प्रेषणमा जोड दिनुपर्ने उल्लेख गर्े ।

 

प्रकाशित समय : १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु