global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ याङ्गो प्रो द्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा सेवा विस्तार

याङ्गो प्रो द्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा सेवा विस्तार

याङ्गो प्रो द्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा सेवा विस्तार

हेटौँडा । राइड शेयरिङ प्लेटफर्म याङ्गो प्रोले बागमती प्रदेशको राजधानी हेटौँडामा आफ्नो सेवा विस्तार गरेको छ । सेवा विस्तारसँगै हेटौँडा क्षेत्रमा यात्रुहरूले मोबाइल एपमार्फत सहज रूपमा सवारी बुक गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सेवा सञ्चालनसँगै सुरक्षित, भरपर्दो तथा सहज यात्रालाई प्राथमिकता दिइनेछ । साथै स्थानीय स्तरमा रोजगारी तथा सेवा पहुँच विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यात्रुहरूले एपमार्फत आफ्नो गन्तव्य चयन गरी सेवा लिन सक्नेछन् भने चालक र यात्रुबीचको समन्वयलाई डिजिटल माध्यमबाट थप व्यवस्थित बनाइने जनाइएको छ ।

हेटौँडामा याङ्गो प्रोको प्रवेशसँगै यातायात सेवामा नयाँ विकल्प थपिएको स्थानीयले अपेक्षा गरेका छन् ।

प्रकाशित समय : १४:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु