global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल फाइनान्सले ६.३२ लाखभन्दा बढी संस्थापक सेयर बिक्री खुला गर्‍यो

नेपाल फाइनान्सले ६.३२ लाखभन्दा बढी संस्थापक सेयर बिक्री खुला गर्‍यो

नेपाल फाइनान्सले ६.३२ लाखभन्दा बढी संस्थापक सेयर बिक्री खुला गर्‍यो

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले सर्वसाधारण तथा संस्थागत लगानीकर्तालाई लक्षित गर्दै ६ लाखभन्दा बढी संस्थापक समूहको सेयर बिक्रीका लागि खुला गरेको छ। हकप्रद सेयर निष्कासनपछि बाँडफाँड हुन नसकी बाँकी रहेको सेयर बोलपत्रमार्फत बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार कुल ६ लाख ३२ हजार ९७१.१८७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो। यसअघि हकप्रद सेयरमा आवेदन माग गरिए पनि सम्पूर्ण सेयर बिक्री नभएपछि बाँकी रहेको परिमाण पुनः खुला प्रतिस्पर्धामार्फत बिक्री प्रक्रिया अघि बढाइएको हो।

उक्त सेयर खरिदका लागि इच्छुक व्यक्ति तथा संस्थाले आवेदन दिन सक्नेछन्। आवेदन प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय तथा बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखामार्फत बुझाउन सकिने व्यवस्था गरिएको छ। साथै प्रभु बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट पनि बोलपत्र पेश गर्न सकिनेछ।

कम्पनीले सेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरेको छ। लगानीकर्ताले कम्तीमा १ हजार कित्तादेखि अधिकतम उपलब्ध सम्पूर्ण सेयरसम्मका लागि आवेदन दिन सक्नेछन्।

बोलपत्रमार्फत सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले असार १२ गतेभित्र आवेदन पेश गरिसक्नुपर्ने कम्पनीले जनाएको छ। यो अवसरले संस्थापक समूहमा लगानी गर्न चाहने लगानीकर्तालाई थप विकल्प उपलब्ध गराएको छ।

प्रकाशित समय : ०९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु