global ime bank Long Banner Ad

गृहपृष्ठ लगानी बोर्डको सीईओ छनोट प्रक्रिया सुरु, योग्य नेपालीबाट आवेदन माग

लगानी बोर्डको सीईओ छनोट प्रक्रिया सुरु, योग्य नेपालीबाट आवेदन माग

लगानी बोर्डको सीईओ छनोट प्रक्रिया सुरु, योग्य नेपालीबाट आवेदन माग

काठमाडौं । नेपालमा ठूला लगानी भित्र्याउने प्रमुख निकाय लगानी बोर्ड नेपालको नेतृत्व चयन प्रक्रिया फेरि सुरु भएको छ। सरकारले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गर्दै योग्य नेपाली नागरिकलाई अवसर दिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सीईओ सिफारिस समितिको सचिवालयले सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको छ। सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसार नयाँ सीईओ नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको जनाइएको छ।

सूचनाअनुसार अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेका व्यक्तिले आवेदन दिन सक्नेछन्। साथै परियोजना विकास, लगानी प्रवर्द्धन, सार्वजनिक–निजी साझेदारी, बैंकिङ, वित्तीय सेवा, विकास प्रशासन वा औद्योगिक व्यवस्थापनलगायत क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव आवश्यक पर्नेछ।

आवेदकको उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ। वैदेशिक स्थायी आवासीय अनुमति (पीआर) लिएका व्यक्तिले आवेदन दिनुअघि कम्तीमा तीन महिना पहिले उक्त सुविधा त्याग गरेको प्रमाणसमेत पेश गर्नुपर्नेछ।

उम्मेदवारले शैक्षिक योग्यता, अनुभव र नागरिकतासम्बन्धी कागजातसँगै नेपालको लगानी वातावरण, सम्भावना र लगानी प्रवर्द्धन रणनीति समेटिएको कार्ययोजना पनि बुझाउनुपर्नेछ।

सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र कार्यालय समयभित्र आवेदन दर्ता गर्न सकिने समितिले जनाएको छ।

प्रकाशित समय : ०९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु