गृहपृष्ठ सर्लाहीमा २५ वर्ष कैद सजाय तोकिएका अभियुक्तसहित ३ फरार प्रतिवादी पक्राउ
सर्लाहीमा २५ वर्ष कैद सजाय तोकिएका अभियुक्तसहित ३ फरार प्रतिवादी पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
सर्लाही । सर्लाही प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा बरहथवा नगरपालिका–६ निवासी अरविन्द साह, ईश्वरपुर नगरपालिका–४ निवासी मनोज गोले र हरिपूर्वा नगरपालिका–५ निवासी शैली देवी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार अरविन्द कर्तव्य ज्यान मुद्दामा अदालतबाट २५ वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन् । यस्तै, मनोज केही सार्वजनिक अपराध सम्बन्धी मुद्दामा दोषी ठहर भई २ हजार रुपैयाँ जरिवाना तोकिएका प्रतिवादी हुन् ।
त्यसैगरी, शैली देवी नागरिकता सम्बन्धी कसुर मुद्दामा फरार रहेकी थिइन् । उक्त मुद्दा हाल अदालतमा विचाराधीन रहेको बताइएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत सर्लाहीमा दाखिला गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।
प्रकाशित समय : ०८:५५ बजे



















