गृहपृष्ठ भिभो समर सरप्राइज : स्मार्टफोन खरिदमै आकर्षक उपहार र ५५ इन्चको स्मार्ट टिभी जित्ने मौका

भिभो समर सरप्राइज : स्मार्टफोन खरिदमै आकर्षक उपहार र ५५ इन्चको स्मार्ट टिभी जित्ने मौका

भिभो समर सरप्राइज : स्मार्टफोन खरिदमै आकर्षक उपहार र ५५ इन्चको स्मार्ट टिभी जित्ने मौका

काठमाडौं ।  बढ्दो गर्मी र आउँदो फुटबल विश्वकपको रौनकलाई अझ रोमाञ्चक बनाउँदै नेपालको अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ समर सरप्राइज क्याम्पेन सार्वजनिक गरेको छ। जेठ २५ देखि असार २३ सम्म सञ्चालन हुने यस क्याम्पेनले ग्राहकहरूलाई तत्कालै आकर्षक उपहार जित्ने अवसरका साथै मेगा लक्की ड्रमार्फत विशेष पुरस्कार जित्ने मौका प्रदान गर्नेछ।

अभियान अवधिभर नेपालभरका आधिकारिक रिटेल आउटलेटहरूबाट भिभो स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले विभिन्न आकर्षक उपहार प्राप्त गर्नुका साथै स्वतः मेगा लक्की ड्रमा सहभागी हुने अवसर पाउनेछन्। ग्रान्ड प्राइजहरूमा भिभो वाई 31 डी, भिभो भि 7 0 एफई र 55 इन्चको स्मार्ट टिभी समावेश छन्, जसले आगामी फुटबल विश्वकप हेर्ने ग्राहकहरूको अनुभवलाई अझ रोमाञ्चक बनाउनेछ।

अभियानबारे बोल्दै भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनाल भन्छन् :

“भिभोमा हामी निरन्तर रूपमा आफ्ना ग्राहकहरूलाई विशेष अनुभव प्रदान गर्न प्रतिबद्ध छौँ। ‘भिभो समर सरप्राइज’ अभियानमार्फत हामी आफ्ना ग्राहकहरूलाई आकर्षक उपहार तथा विशेष पुरस्कार जित्ने अवसर प्रदान गर्दै उनीहरूको स्मार्टफोन अनुभवलाई अझ उत्साहजनक बनाउन चाहन्छौँ।”

वर्षौँदेखि भिभोले नवीनतम डिजाइन, उन्नत क्यामेरा प्रविधि र भरपर्दो स्मार्टफोन अनुभवमार्फत नेपाली उपभोक्ताहरूको विश्वास जित्दै आइरहेको छ। ‘भिभो समर सरप्राइज’ क्याम्पेनले देशभरका ग्राहकहरूमा उत्साह र मूल्य अभिवृद्धि गर्ने ब्रान्डको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।

ग्राहकहरूले जेठ २५ देखि असार २३ सम्म आफ्नो नजिकको आधिकारिक भिभो रिटेल आउटलेटमा गई क्याम्पेनमा सहभागी हुन तथा आकर्षक पुरस्कार जित्ने अवसरको लाभ लिन सक्नेछन्।

प्रकाशित समय : १३:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु