global ime bank Long Banner Ad

गृहपृष्ठ एनआईसी एशिया बैंक र एफआईएक्स नेपालबीच सम्झौता, शून्य ब्याजदरमै स्मार्टफोन खरिद गर्न सकिने

एनआईसी एशिया बैंक र एफआईएक्स नेपालबीच सम्झौता, शून्य ब्याजदरमै स्मार्टफोन खरिद गर्न सकिने

एनआईसी एशिया बैंक र एफआईएक्स नेपालबीच सम्झौता, शून्य ब्याजदरमै स्मार्टफोन खरिद गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र नेपालका लागि अनर (Honor) ब्राण्डका स्मार्टफोनको अधिकृत पुनर्विक्रेता एफआईएक्स नेपाल प्रा. लि. बीच ग्राहकलाई विशेष सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी (EMI) सुविधा मार्फत Honor ब्राण्डका स्मार्टफोनहरू खरिद गर्न सक्ने भएका छन् ।

सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ प्रमुख नरेन्द्र मैनाली र एफआईएक्स नेपालका तर्फबाट आईटी म्यानेजर अश्विन गोपाल शर्माले हस्ताक्षर गरेका हुन् ।

उक्त सुविधा अन्तर्गत ग्राहकहरूले क्रेडिट कार्डमार्फत स्मार्टफोन खरिद गरी अधिकतम १२ महिनासम्म कुनै अतिरिक्त ब्याज बिना किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ । किस्ताबन्दीका लागि बैंकको पोर्टलमार्फत अनलाइन आवेदन दिई सहज रूपमा प्रक्रिया पूरा गर्न सकिने बताइएको छ ।

त्यसैगरी विदेशमा रहेका नेपालीहरूले पनि एफआईएक्स नेपालको वेबसाइटमार्फत भुक्तानी गरी नेपालमा रहेका आफ्ना परिवार तथा आफन्तका लागि स्मार्टफोन उपहार पठाउन सक्ने व्यवस्था गरिएको छ । उक्त प्रणालीमा भिसा तथा मास्टरकार्डमार्फत अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने सुविधा रहेको छ ।

बैंकले यस सहकार्यले ग्राहकहरूलाई डिजिटल बैंकिङको प्रयोगमार्फत सहज किस्ताबन्दी सुविधा उपलब्ध गराउँदै आर्थिक भार कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

 

प्रकाशित समय : १४:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु