गृहपृष्ठ मेटलाइफ नेपालद्वारा कास्कीका पाँच सामुदायिक विद्यालयलाई फुटबल सामग्री सहयोग
मेटलाइफ नेपालद्वारा कास्कीका पाँच सामुदायिक विद्यालयलाई फुटबल सामग्री सहयोग
कास्की । विश्वभर फुटबलले समुदायहरूलाई एकताबद्ध गरिरहेको समयमा मेटलाइफ नेपालले कास्की जिल्लाका सामुदायिक विद्यालयहरूमा खेलकुद तथा शिक्षालाई प्रवर्द्धन गर्ने नयाँ पहल सुरु गरेको छ।
“शिक्षा र खेलकुदमार्फत नयाँ पुस्तालाई सशक्त बनाउने” उद्देश्यसहित सुरु गरिएको यस पहलअन्तर्गत मेटलाइफ नेपालले कास्कीका पाँच विद्यालयमा फुटबल सामग्री वितरण कार्य सुरु गरेको हो। यस कार्यक्रममार्फत शहरी तथा ग्रामीण क्षेत्रका बालबालिकालाई सहयोग पुर्याइनेछ। कार्यक्रम कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन भइरहेको छ, जसले पहुँचबाट वञ्चित युवायुवतीहरूलाई खेलकुद र शिक्षाको अवसर विस्तार गर्न काम गर्दै आएको छ।
यस पहलमार्फत करिब १६० वटा फुटबलका साथै प्रशिक्षणका लागि आवश्यक सामग्रीहरू, जस्तै कोन, गोलपोस्ट नेट, एयर पम्प तथा अन्य आधारभूत सामग्रीहरू उपलब्ध गराइनेछ। साथै, छनोट भएका विद्यार्थीहरूलाई जर्सी पनि प्रदान गरिनेछ, जसले विद्यालयहरूमा व्यवस्थित खेल गतिविधिलाई प्रोत्साहन गर्नुका साथै सामुदायिक शिक्षामा नियमित खेलकुद संस्कृतिलाई पुनर्जीवित गर्न मद्दत गर्नेछ।
यो कार्यक्रम शिक्षा क्षेत्रमा केन्द्रित मेटलाइफ नेपालको व्यापक संस्थागत सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत सञ्चालन गरिएको हो। विद्यालय केन्द्रित यस पहलमार्फत मेटलाइफ र कर्मयोग फाउन्डेसनले बालबालिकालाई कक्षाकोठाको शिक्षासँगै खेलकुदबाट सिकिने टोली भावना, निष्पक्षता, धैर्यता र आपसी सम्मानजस्ता मूल्यहरू विकास गर्न सक्ने वातावरण निर्माण गर्ने लक्ष्य राखेका छन्।
यस पहलका बारेमा बोल्दै मेटलाइफ नेपालका महाप्रबन्धक श्री निर्मल काजी श्रेष्ठले भन्नुभयो, “विशेषगरी अवसर सीमित भएका सामुदायिक विद्यालयहरूमा खेलकुदले बालबालिकालाई एकताबद्ध गर्ने अद्वितीय शक्ति राख्छ। विश्वभर फुटबलप्रतिको आकर्षण बढ्दै गइरहेको अवस्थामा हामीले फुटबलमार्फत विद्यार्थीहरूमा आत्मविश्वास, सिकाइप्रतिको रुचि तथा चुनौती सामना गर्ने क्षमता विकास गर्न विद्यालयहरूलाई सहयोग गर्ने निर्णय गरेका हौँ।”
मेटलाइफको बारेमा:
MetLife, Inc. (NYSE: MET) आफ्ना सहायक तथा सम्बद्ध संस्थाहरूसहित (“MetLife”) विश्वका प्रमुख वित्तीय सेवा प्रदायक कम्पनीहरूमध्ये एक हो। यसले बीमा, एन्युटी (Annuities), कर्मचारी लाभ योजना तथा सम्पत्ति व्यवस्थापन सेवा प्रदान गर्दै व्यक्तिगत तथा संस्थागत ग्राहकहरूलाई अझ सुनिश्चित भविष्य निर्माण गर्न मद्दत गर्दै आएको छ। सन् १८६८ मा स्थापित मेटलाइफ विश्वभर ४० भन्दा बढी बजारहरूमा सञ्चालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, एसिया, ल्याटिन अमेरिका, युरोप तथा मध्यपूर्वमा अग्रणी स्थान ओगटेको छ। थप जानकारीका लागि कृपया www.metlife.com हेर्नुहोस्।
मेटलाइफ नेपालको बारेमा:
MetLife, Inc. को सहायक संस्था तथा संयुक्त राज्य अमेरिकामा स्थापित अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाका रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा रहेको छ। नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरूलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमा लगायतका बीमा योजनाहरू उपलब्ध गराउँदै आएको छ। थप जानकारीका लागि कृपया www.metlife.com.np हेर्नुहोस् वा +९७७-१-५९७१७९९ मा सम्पर्क गर्नुहोस्।
कर्मयोग फाउन्डेसनको बारेमा:
कर्मयोग फाउन्डेसन ग्रामीण नेपालका विपन्न समुदायहरूको उत्थानमा समर्पित संस्था हो। यसले शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण, प्लेस्केप विकास, आय सिर्जना तथा सीप विकासमार्फत आत्मनिर्भरता अभिवृद्धिमा केन्द्रित भएर काम गर्दै आएको छ। पशु कल्याणमा यसको सक्रिय संलग्नता तथा प्राकृतिक प्रकोपका समयमा द्रुत प्रतिक्रियाले समग्र सामुदायिक विकासप्रतिको प्रतिबद्धता झल्काउँछ। दिगो परिवर्तन सिर्जना गर्न तथा आवश्यकतामा रहेका समुदायका लागि अझ उज्यालो र लचिलो भविष्य निर्माण गर्न संस्था निरन्तर क्रियाशील छ।
प्रकाशित समय : १२:५६ बजे



















